शक्तिका स्रोतहरू

प्रकृतिमा उपलब्ध शक्तिका स्रोतहरुलाई मुख्य दुई प्रकारमा बर्गीकरण गर्न सकिन्छ ।

अनवीकरणीय उर्जाको स्रोतः- प्रयोग गर्दै जाँदा रित्तिने वा आवश्यक परेको बेला उत्पादन गर्न नसकिने उर्जाका स्रोतहरूलाई अनवीकरणीय उर्जाको स्रोत भनिन्छ ।  जस्तैः कोइला, खनिज तेल , प्राकृतिक ग्याँस आदी ।

नवीकरणीय उर्जाको स्रोतः प्रयोग गर्दै जाँदा नरित्तिने वा आवश्यक परेको बेला निर्माण गर्न सकिने उर्जाका स्रोतहरूलाई नवीकरणीय उर्जाको स्रोत भनिन्छ । जस्तैः सौर्य शक्ति, वायु उर्जा, जलविद‍्युत, बायोमास, गोबरग्याँस आदी ।

सूर्य शक्तिको मूल स्रोत

पृथ्वीमा उपलब्ध सम्पूर्ण शक्तिका स्रोतहरू जस्तैः जलविद्युत, वायु उर्जा, जैविक उर्जा, जीवावशेष उर्जा आदी सबै सौर्य उर्जा रुपान्तर भए बनेका हुन् त्यसैले सूर्यलाई शक्तिको मूल स्रोत मानिन्छ ।

सूर्यको तापले समुन्द्रको पानी बाफ बन्छ र पृथ्वीमा  जलचक्र सञ्चालन भई विभिन्न नदी नालाहरु बन्छन् । यी नदी नालहरुबाट जलविद्युत उत्पादन गरिन्छ। यसरी जल विद्युत सौर्य शक्तिको उपज हो

हरिया वनस्पतिहरुले सूर्यको प्रकाशको उपयोगगरी खाना बनाउछन् । यही खानाबाट जीव तथा वनस्पतिको वृद्धि र विकास हुन्छ । यी जीव तथा वनस्पति लाखौं वर्ष सम्म जमिन मुनि पुरिँदा जीवावशेष उर्जा बन्दछन् । यसरी जीवावशेष उर्जा सौर्य शक्तिको उपज हो

सूर्यको तापले जमिनको सतह नजिक रहेको हावा तात्छ, तातो हावा हलुका हुन्छ र माथि जान्छ त्यस ठाँउमा अन्यत्रबाट चिसो हावा आउँछ।  यस क्रममा बहने हावाबाट वायु उर्जा  उत्पादन गर्न सकिन्छ । यसरी वायु उर्जा पनि सौर्य उर्जाकै उपज हो